एजेन्सी फागुण २६ । भारतीय उद्योगपति एवं सासद विजय माल्यालाई त्याहॉको सर्वोच्च अदालतले सरकारलाई सूचना जारी गरेर दुई हप्ता भित्र सूचना दिन आदेश दिएको छ ।
तर सरकारको अटर्नी जनरलले माल्याले देश छोडी सकेको जवाफ दिएको छ ।
१७ वटा ठूला बैंकहरुले साुमहिक रुपमा सर्वोच्च अदालतमा माल्याले बैंकहरुको हजारौं करोड रुपैया नतिरेको भन्दै पासपोर्ट जफत गरी कार्बाही गराउन भन्दै मुद्धा हाले पछि यस्तो आदेश भएको हो ।
माल्या बेलायतमा रहेको बताईन्छ । अदालतले ईमेल मार्फत भए पनि बेलायतमा सूचना पठाउन आदेश दिएको छ ।
माल्या भागे पछि बैंकहरु करोडौं नोक्सान व्यहोर्न बाध्य भएका छन् ।
यद्यपि माल्याको सम्पत्ति बैंकहरुलाई तिर्नु पर्ने भन्दा धेरै गुणा बढी रहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline