उत्तर कोरियाले दक्षिणका अधिकारीको फोन ह्याक गरेको आरोप

उत्तर कोरियाले दक्षिणका अधिकारीको फोन ह्याक गरेको आरोप

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

सोल, २५ फागुन । दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीहरुको फोन ह्याक गरिदिएको बताएका छन् । दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरु उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरुको भनाई छ ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछि उसले दक्षिण कोरियामाथि निरन्तर रुपमा साइबर हमला गर्दै आएको पनि बताएको छ । दक्षिण कोरियाको गुप्तचर निकाय नेशनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले उत्तर कोरियाले दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीको फोन नम्बर चोरेर लगेको र यसबाटै उनीहरुले नियन्त्रण गरी फोन बिगारिदिएको जनाएको छ ।
फेब्रुअरी महिनाको अन्त्यतिरबाट मार्चको सुरुको अवधिमा उत्तर कोरियाली गुप्तचरहरुले दक्षिण कोरियाका केही उच्च पदस्थ सरकारी कर्मचारीको फोन नम्बर चोरेर लगेको र त्यसपछि उतैबाट मोबाइल फोन ह्याक गरिदिएको जानकारी दिइएको हो ।
यसका साथै इन्टरनेटको सर्भर चोरेर त्यसमार्फत गुप्तचर सूचनाहरु पनि प्राप्त गरेको दक्षिण कोरियाको आरोप छ ।
यसअघि पनि उसले पटक पटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको र यस पटक आफ्ना महत्वपूर्ण र उच्च पदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको बताएको छ ।
दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले बिगत लामो समयदेखि दक्षिण कोरियाको सूचना प्रविधिमा हमला गर्ने गरेको आरोप लगाएको छ । गएको ६ फेब्रुअरीमा उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ ।
यसका कारण दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरिया विरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसंघलाई सघाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी