आप्रवासी चढेको डुंगा डुब्दा २५ जनाको मृत्यु

आप्रवासी चढेको डुंगा डुब्दा २५ जनाको मृत्यु

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी २४ फागुन ।  

टर्कीको एजिएन सागरमा आप्रवासी चढेको डुंगा दुर्घटना हुदा २५ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा तीन जना बालबालिका रहेका छन् ।

टर्कीबाट ग्रिस जान लागेका आप्रवासीहरु चढेको डुंगा टर्कीको डिडिम नजिकको एजिएन सागरमा दुर्घटना भएको अन्तर्राष्टिय सन्चार माध्यमहरुले जनाएका छन् । डुबेका मध्ये १५ जनालाई भने सकुशल उद्दार गरिएको स्थानीय तटरक्षकले बताएका छन् ।

आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार यसरी समुन्दी मार्गबाट ग्रिस प्रवेश गर्ने क्रममा यो वर्ष जनवरी १ देखि मार्च ३ सम्म तीन सय २१ जना आप्रवासीले ज्यान गइसकेका छन् ।

ग्रिस हुँदै युरोपका अरु देश जाने उद्देश्यले आउने आप्रवासीमा सिरिया, इराक तथा अफगानिस्तानका नागरिक धेरै रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी