शान्ति सेनाबाट यौन दुव्र्यवहारका घटना बढ्दो राष्ट्रसंघ

शान्ति सेनाबाट यौन दुव्र्यवहारका घटना बढ्दो राष्ट्रसंघ

  • आइतवार, फाल्गुन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

फागुन २३, एजेन्सी । संयुक्त राष्ट्रसंघले आफू मातहतमा खटिएका शान्ति सेनाबाट यौन दुव्र्यवहारका घटना वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०१५ को अन्तिम त्रैमासिकको प्रतिवेदनमा ६९ जना शान्ति सेनाविरुद्ध यौन दुव्र्यवहारको उजुरी परेको छ ।

सन् २०१४ मा उजुरी संख्या ५२ थियो भने २०१३ मा ६६ जना विरुद्ध उजुरी परेको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । हाल उजुरी परेको मध्ये अधिकांश उजुरी मध्य अफ्रिकी मुलुकबाट रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शान्ति स्थापनार्थ अभियान सञ्चालन भएका क्षेत्र मध्ये १० स्थानबाट उजुरी परेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव वानकी मुनले शान्ति सेना विरुद्ध परेको उजुरीका विषयमा छलफल गर्न सम्मेलनको आव्हान गर्नुभएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी