पूर्व गभर्नरको हत्या गर्ने अंगरक्षकलाई फाँसी

पूर्व गभर्नरको हत्या गर्ने अंगरक्षकलाई फाँसी

  • सोमवार, फाल्गुन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फागुन १७, एजेन्सी ।
पाकिस्तानको पंजाव प्रान्तका पूर्व गभर्नर सलमान तासीरको हत्यामा संलग्न मुमताज कादरीलाई मृत्युदण्ड दिइएको छ । उनलाई आज विहान मृत्युदण्ड दिइएको रावलपींडीस्थित कारागारका अधिकारीलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । कादरी पूर्व गभर्नर तासीरका अंगरक्षक थिए ।

कादरीले सन् २०११ मा ईस्लामावादस्थित एक बजारमा तासीरको गोली हानी हत्या गरेका थिए । सोही बर्षको अन्त्यमा कादरीविरुद्ध मृत्युदण्डको सजाय सुनाइएको थियो ।तासीरले ईस्लाम धर्मको बिरोध गरेको भन्दै कादरीले उनको हत्या गरेर धर्मलाई न्याय गरेको बयान अदालतसमक्ष दिएका थिए ।

कादरीलाई दिएको सजायपछि पाकिस्तानको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।कराँची, लाहौर लगायत पाकिस्तानका विभिन्न क्षेत्रमा मुस्लिम अतिवादीले कादरीको मृत्युदण्डलाई लिएर विरोधप्रदर्शन गरेका छन् । प्रहरीले पाकिस्तानका विभिन्न स्थानवाट प्रदर्शनमा उत्रिएका सयौंलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी