एजेन्सी १४ फागुन ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी साता सिरियाको भविष्यका लागि महत्वपूर्ण हुने बताउनु भएको छ । सिरियामा युद्धविराम शुरु हुनु केही समयअघि राष्ट्रपति ओबामाले यस्तो बताउनु भएको हो ।
सिरियामा युद्धविराम भएमा त्यहाँको हिंसा समाप्त हुने दिशातर्फ जाने भन्दै ओबामाले कथित इस्लामिक स्टेट पराजयको संघारमा पुगेको पनि बताउनु भयो ।
युद्ध समाप्त गर्न सिरियाली सरकार, रुस र उसका सहयोगीले प्रतिबद्धता अनुसार अघि बढ्नुपर्ने ओमाबाले बताउनु भयो । सिरियामा जारी हमला तत्काल रोकेर मानवीय सहायता पु¥याउने अनुमति दिन सक्नुपर्ने उहाको भनाइ थियो ।
यसअघि रुसका विदेशमन्त्री सर्गेइ लावरोवले अमेरिकाको युद्धविराम गर्ने प्रस्तावलाई आफूहरुले सम्मान गर्ने बताउनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline