संयुक्त कारबाहीमा चौध तालिवान मारिए

संयुक्त कारबाहीमा चौध तालिवान मारिए

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

अफगास्तिान १३ फागुन ।

अफगानिस्तानमा तालिवान सशस्त्र हतियारधारी बिरुद्ध अफगान सैनिक र प्रहरीले दैनिक संयुक्तरुपमा गर्ने गरेका कारबाहीमा तालिवान लडाकू मारिने क्रम रोकिएको छैन ।

यसै कारबाहीका क्रममा बिहीबार एक दर्जन भन्दाबढी व्यक्तिकोे मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । मारिनेमा सबै तालिवान विद्रोही परेका समाचारमा उल्लेख गरिएको छ ।

सो कारबाही अफगानिस्तानको पश्चिमीप्रान्त हेरातमा बुधबार अपरान्ह गरिएको समचारमा जनाइएको छ । त्यस क्रममा केही सैनिक पनि घाइते भएका छन् ।

अफगानिस्तानको राष्ट्रिय प्रहरी र सैनिकले ओबे र चेस्टी सारिफ जिल्लामा गरेको कारबाहीमा कम्तीमा पनि १४ जना लडाकूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुखले बताउनु भएको छ ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन ।

पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी