काठमाडौं, १३ फागुन ।
भारतले संयुक्त राष्ट्रसंघलाई ११ जना पाकिस्तानी आतङ्ककारीको नाम दिएको छ ।
भारतमा आतङ्ककारी क्रियाकलापमा सम्लग्न रहेको भन्ने आरोपमा उसले ती नामहरु संयुक्त राष्ट्रसंघसमक्ष प्रस्तुत गरेको जनाइएको छ । ती नामहरु को को हुन् भन्ने बारेमा भने कुनै जानकारी दिइएको छैन
भारतमा आतङ्ककारी क्रियाकलापमा सम्लग्न ती आतङ्ककारीको नाम संयुक्त राष्ट्रसंघसमक्ष बुझाइएको भारतीय विदेशमन्त्री शुष्मा स्वराजले जानकारी दिनुभयो ।
साथै उहाँले सो सम्बोधनका क्रममा विभिन्न ४० देशसँग भारतको सुपुर्दगी सन्धी भएको र अरु करिब १० वटा देशसँग यससम्बन्धी सम्झौता भएर कार्यान्वयनमा रहेको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ ।
सोहि क्रममा अपराधमा संलग्न व्यक्तिहरुलाई आफ्नो देशमा ल्याउनका लागि अधिकांश देशहरुसँग भारतले यस्तो सन्धी तथा समझ्दारी गर्ने नीति लिएको जानकारी पनि बताइएको छ ।