म्याद गुज्रिएको फ्रुटी बजारमा छ्याप छ्याप्ती

म्याद गुज्रिएको फ्रुटी बजारमा छ्याप छ्याप्ती

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

१३ फाल्गुन, ताप्लेजुङ/ ताप्लेजुङको फुङलिङ बजार अनुगमनको क्रममा, फुङलिङ बजार स्थित न्यूरोड र पुरानो बजार छुट्ने बाटोको छेऊमा रहेको बद्री चौधरीको जयसवाल मिष्ठान भण्डारबाट म्याद गुज्रेका ५०० एम.एल.को १६ र २५० एम.एल.का ११ गरी २७ बोटल फ्रूटी बरामद गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका शाखा अधिकृत भगिमान मादेनको नेतृत्वमा फुङलिङ बजार अनुगमनको लागि खटेको टोलीले सो म्याद गुज्रेको सामान बरामद गरेको हो । बजार अनुगमनको क्रममा विभिन्न चार शिर्षक छुट्याएर अनुगमन गरिएको थियो । खाद्यन्नको गुणस्तर, मिठाई पसलको मिसावट, फलफूल जुसको खान उपयुक्त समय वा म्याद, माच्छा मासुको व्यवस्थापनको बारेमा अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा खाद्यन्न सुरक्षित नभएको, मिसावट पाईएको र माच्छा मासु पसलको व्यवस्थापन नभएको, झिँगा भन्किएको, मासुलाई खुल्ला राखिएको, कुनैपनि जालीले नछोपेको मासु पसलको संख्या बढी छन । छिटफुट पसलमा मात्र मूल्य सूची राखेको देखिन्थ्यो । अधिकांश पसल तथा स्टोरमा मूल्य सूची नै छैन ।

अनुगमन टोलीमा वाणिज्य संघ, जिल्ला कृषि विकास कार्यालय, कोष तथा लेखा नियन्त्रणको कार्यालय, जिल्लामा सक्रिय पत्रकार तथा संचारकर्मी, स्वास्थ्य कार्यालय लगायतका प्रतिनिधीहरूको सहभागिता थियो । तर यता उपभोक्ताहरूको अधिकारलाई सुनिश्चित गर्ने र रक्षा गर्नको लागि गठन भएको उपभोक्ता हकहित संरक्षण मञ्च, ताप्लेजुङका प्रतिनिधिको भने सहभागिता थिएन ।

जिल्लामा म्याद गुज्रेको खाद्य सामाग्री लगायत विभिन्न उपभोग्य सामाग्रीमा गुणस्तर नभएको भन्ने गुनासो आईरहेको बखतमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उद्योग बाणिज्य संघ र सरोकारवाला निकायको सहयोग र सहकार्यमा २ वर्षपछि हिजो बजार अनुगमन गरेको हो । बजार अनुगमन गरिए पनि प्रत्येक पसल अनुगमनको आवश्यक्ता भए पनि नमुना विधि (स्याम्प्लिङ मेथोड) बाट मात्र अनुगमन गरेको छ ।

खुद्रा व्यापारी वा व्यवसायीलाई बितरण र सामाग्री उपलब्ध गर्ने होलसेल पसल र ठूलठूला स्टोरहरूको भने अनुगमन गरेन । यसरी अनुगमनलाई फितलो बनाउने हो भने म्याद गुज्रेका र अखाद्य वस्तु बेच्ने मुख्य पसल र व्यवसायीसम्म अनुगमन टोली पुग्न नसक्ने देखिन्छ । यसप्रति सम्बन्धित निकाय र अनुगमनको सराद्धे मनाउने जिल्ला प्रशासन कार्यालय र वाणिज्य संघ अनि सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ ।

जयसवाल मिष्ठान भण्डारबाट बरामद गरिएको सो जुस उद्योग वाणिज्य हलको परिसरमा ल्याई नष्ट गरिएको थियो ।

अनौपचारिक रुपले कुनै कुनै सरोकारवाला निकाय र सानो व्यवसायीहरूले भने यस्तो अनुृगमनको कुृनै पनि औचित्य नभएको बताए । बजारको अनुगमन विस्तृत रुपमा गर्ने हो भने प्रत्येक पसलको अनुगमन गरिनुपर्ने औल्याइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी