सिरियाको आईएस नियन्त्रित क्षेत्रमा राष्ट्रसंघको राहत सामग्री

सिरियाको आईएस नियन्त्रित क्षेत्रमा राष्ट्रसंघको राहत सामग्री

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी १३ फागुन ।  

संयुक्त राष्ट्रसंघले विद्रोही संगठन इस्लामिक स्टेट आईएसका लडाकुहरुको नियन्त्रणमा रहेको सिरियाको पूर्वी क्षेत्र दिर अल जोर शहरका सर्वसाधारण नागरिकका लागि राहत सामग्री र्पुयाएको छ ।

उक्त शहरमा विमानबाट २१ टन मानवीय सहायता सामग्री खसालिएको राष्ट्रसंघका सहायता प्रमुख स्टेफन ओब्राएनले जानकारी दिनुभयो । राहत सामग्री लक्षित क्षेत्रमा पुगेको बारेमा सुरक्षा परिषदलाई जानकारी आइसकेको उहाको भनाई छ ।

दिर अल जोरको सरकार नियन्त्रित क्षेत्रमा राहत सामग्री पुगेको र अब यसलाई आईएसले घेराबन्दीमा पारेका नागरिकसम्म र्पुयाइने स्थानीय अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

दिर अल जोरका दुई लाखभन्दा धेरै मानिस आईएसको घेराबन्दीमा रहेको र उनीहरु मानवीय संकटमा परेको राष्ट्रसंघले जनाएको छ ।

गतहप्ता पनि खाद्यान्न र अन्य सामग्री बोकेका लरी सिरियाका पाँचवटा शहरमा गएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी