पुटिनद्वारा इरानी तथा साउदी नेतासँग सिरिया सङ्कटबारे छलफल

पुटिनद्वारा इरानी तथा साउदी नेतासँग सिरिया सङ्कटबारे छलफल

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

मस्को (रसिया), १२ फागुन । रसिया र अमेरिकी पहलमा सिरियाको राजनीतिक सङ्कट समाधान गर्ने प्रयासअन्तर्गत रुसी राष्ट्रपति भ्लादमिर पुटिनले इरानी एवम् साउदी अरेबियाका उच्च अधिकारीसँग बुधबार छलफल गर्नुभएको छ ।

पुटिनको इरानी एवम् साउदी अरेबियाली अधिकारीसँगको छलफल खासगरी सिरियाको राजनीतिक सङ्कट समाधानमा लक्षित भएको क्रेमलिनले जनाएको छ ।

पाँच वर्ष लामो सिरियाको राजनीतिक सङ्कट समाधान गर्न अमेरिका र रसियाले एक संयुक्त विज्ञप्तिमार्फत प्रस्ताव गरेको युद्ध विरामबारे रुसी राष्ट्रपति पुटिनले इरानका राष्ट्रपति हसन रौहानीसँग बुधबार टेलिफोन वार्ता गरी सङ्कट समाधानका लागि दुई शक्ति राष्ट्र अमेरिका र रसियाले प्रस्ताव गरेको अस्त्रविराम र सिरियाको राजनीतिक समस्या हलका उपायबारे छलफल गर्नु भएको मस्कोले बताएको छ ।

यसैगरी राष्ट्रपति पुटिनले साउदी अरेबियाली उच्च पदस्थ अधिकारीसँग पनि कुरा गर्नुभएको क्रेमलिनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी