एजेन्सी १२ फागुन ।
अमेरिकी राष्ट्रपतिको कार्यालय हाइट हाउसले ग्वान्टानामो जेल बन्द गर्ने योजना पेश गरेको छ । जेल बन्द गर्ने योजना पेश गर्दै राष्ट्रपति ओबामाले यो अमेरिकी इतिहासको एक अध्याय बन्द गर्नु जस्तै रहेको बताउनुभएको छ ।
क्युवामा रहेको उक्त जेल अमेकिरी मुल्यमान्यता विपरित रहेको र यसले विश्वमा आफूहरुको साख कमजोर हुँदै गएकाले बन्द गर्नु नै उत्तम विकल्प रहेको राष्ट्रपति ओबामाको भनाई छ ।
राष्ट्रपति बाराक ओबामाले लामो समयदेखि ग्वान्टानामो जेल बन्द गर्नका लागि पहल गर्दै आउनुभएको छ । यो जेलका कारण अमेरिकाको राष्ट्रिय सुरक्षा अपमानित भएको ओबामाको भनाई छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ग्वान्टानामोमा रहेका ९१ जना कैदीलाई उनीहरुको देश पठाउन वा अमेरिकाको सैन्य अथवा नागरिक जेलमा स्थानान्तरित गर्न सुझाव दिएको छ । तर कांग्रेस यो प्रस्तावको विपक्षमा छ ।
यसले गर्दा यस प्रस्ताव पारित गराउन भने समस्या हुने देखिएको छ । राष्ट्रपति ओबामामाले सन् २००९ मा यो जेल बन्द गर्ने दाबीका साथ आफ्नो कार्यकाल सुरु गर्नु भएको थियो ।
क्युवामा रहेको अमेरिकी सेनाको यो जेलमा मानवअधिकारको चरम उल्लंघन हुने गरेको भन्दै मानव अधिकारवादीले त्यसको चर्को विरोध गर्दै आएका छन् ।