हिन्दु पुजारीको घाँटी रेटेर हत्या ।

हिन्दु पुजारीको घाँटी रेटेर हत्या ।

  • मङ्लबार, फाल्गुन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

बंगलादेश, ११ फागुन ।

बंगलादेशमा इस्लामिक ग्रुपले हिन्दु पुजारीको घाँटी रेटेर हत्या गरिदिएको छ ।

बंगलादेशको उत्तरी पञ्चगढ जिल्लामा रहेको हिन्दू पुजारी जोगेश्वर रायको घाँटी रेटेर हत्या गरेको इस्लामिक ग्रुपले जिम्मा लिएको छ । मोटरसाइकलमा आएका हमलाकारीले मन्दिर परिसरमा रहेको पुजारी घरमा ढुंगा फ्याके र पूजारी बाहिर आएपछि उनको घाँटी रेटेर हत्या गरिदिएका हुन् ।

हिन्दू पुजारी रायको हत्यारालाई कारबाही गर्न बंगलादेशसँग भारत सरकारले माग गरेको छ । तर बंगलादेश सरकारले भने हिन्दू पुजारीको हत्यामा इस्लामिक ग्रूपको कुनै हात नरहेको भन्दै अस्विकार गरेको छ ।

बंगलादेश सरकारले पूजारीको हत्यामा जमायतुल मुजाहिद्दिन बांग्लादेशको हात रहेको दाबी गरेको छ पूजारीको हत्यामा संलग्न रहको भन्दै मुजाहिद्दिन समर्थक ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । बंगलादेशमा विगत केही महिनामै ब्लगरलगायतलाई धार्मिक तवरबाटै आक्रमण हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी