एजेन्सी, ११ फागुन ।
सिरियामा जारी हिंसा अन्त्यका लागि अमेरिका र रुसले तयार पारेको युद्धविराम सम्झौता आगामी शनिबारबाट लागुहुने भएको छ ।
सम्झौता अनुसार यो साताको अन्त्यतिर अमेरिकी विदेशमन्त्री जोन केरी र रुसी समकक्षीबीच भेटवार्ता हुने बिबीसीले जनाएको छ ।
सिरिया मामिलामा निर्णायक मानिँदै आएको प्रस्तावमा रुस र अमेरिकाबीच पटक–पटकको वार्तापछि दुई साता अघि सहमति भएको थियो ।
गएराति अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसी समकक्षी भ्लादिमीर पुटीनलाई टेलीफोन मार्फत संवाद गरेपछि युद्धविराम लागु गर्ने सहमति भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline