लिबियाको साब्राटामा बिद्रोही समुह इस्लामिक स्टेट आइएसको अखडामा भएको हवाई आक्रमणमा ४० जना मारिएका छन् ।
राजधानी त्रिपोलीबाट ७० किलोमिटर पश्चिममा रहेको साब्राटामा अमेरिकी लडाकु विमानले आइएसको तालिम केन्द्रलाई लक्षित गरेर आक्रमण गरेको हो ।
हवाई आक्रमणमा परि मारिनेमा अधिकांश ट्युनिसियाका नागरिक छन् भने घरहरु पूर्णरुपमा नष्ट भएका छन् ।
ट्युनिसियाको सीमा नजिक रहेको त्यस क्षेत्रमा बिद्रोही नेता नुरुद्दिन शुशाने रहेको आशंकामा आक्रमण गरेको साब्राटाका सरकारी अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।
उनी गत वर्ष ट्युनिसियामा भएको दुई वटा प्रमुख आक्रमणमा संलग्न रहेका थिए । गत वर्षदेखि आइएसका लडाकु सक्रिय रहेको लिबियामा झण्डै ६ हजार लडाकु रहेको अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline