इराकमा १७ सय जनाको हत्या आरोपमा ४० जनालाई मृत्युदण्ड

इराकमा १७ सय जनाको हत्या आरोपमा ४० जनालाई मृत्युदण्ड

  • शुक्रबार, फाल्गुन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

इराकमा आतंकवाद विरोधी कानुन अनुसार सामूहिक हत्यामा संलग्न ४० जना विरुद्ध मृत्युदण्डको सजाय सुनाएको छ ।

राजधानी बग्दादमा रहेको केन्द्रीय अपराध अदालतले सन् २०१४ मा इराकमा रहेको अमेरिकी सेनाको पूर्व अड्डामा भर्ना भएका झण्डै १ हजार ७ सय जनाको हत्यामा संलग्न रहेका ४० जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

आफूलाई बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका बताउने समूहले इराकको उत्तरी क्षेत्रमा रहेको अमेरिकी सेनाको पूर्व सैन्य अड्डा क्याम्प स्पाइडर कब्जामा लिएर त्यहाँ रहेका झण्डै १७ सय जनाको हत्या गरेका थिए ।

आरोपित सबै इराकी नागरिकमध्ये ४७ जना विरुद्ध मुद्दा चलेकोमा सात जनालाई भने अदालतले सफाइ दिएको बीबीसीले नामएको छ । मानवअधिकारवादी संगठनले भने मुद्दाको निष्पक्ष सुनवाई भएको भन्नेमा शंका गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी