टर्कीको राजधानी अंकारामा भएको शक्तिशाली विस्फोटमा २८ जनाको मृत्यु भएको छ । अन्य ६१ जना घाइते भएका छन् । घटनाको अंकाराका गभर्नरले पुष्टी गरेको वीवीले जनाएको छ ।
टर्कीको संसद भवन तथा सैनिक मुख्यालय नजिक सैनिकको गाडी गैरहेको स्थानमा भएको विस्फोट लाई त्यहाँका कार्यकारी प्रधानमन्त्री बेकिर बोजडगले आतंकवादी गतिविधि भन्नु भएको छ ।
अंकाराको गभर्नर कार्यालयले कारबम विस्फोट भएको भएको बताइए पनि प्रधानमन्त्री कार्यालयले भने विस्फोटका बारेमा अनुसन्धान भइरहेको बताएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा सर्वसाधारण नागरिक पनि रहेको जनाइएको छ ।
आक्रमणकारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएससँग सम्बद्ध रहेको अधिकारीले बताएका छन् । केही दिन अघि मात्रै इस्थानबुलमा भएको एक आत्मघाती आक्रमणमा १० जनाको ज्यान गएको थियो भने गत वर्षको अक्टोबरमा एक शान्ति र्यालीमा आक्रमण हुदा ९९ जनाएको मृत्यु भएको थियोे ।