झापामा यसरी भयो फुटबल टोलिको स्वागत(फोटो फिचर)

झापामा यसरी भयो फुटबल टोलिको स्वागत(फोटो फिचर)

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काँकडभिट्टा , ५ फागुन ।

तेइस वर्षपछि नेपाललाई दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीले आज दिउँसो पूर्वी प्रवेशद्वार काँकडभिट्टामा भब्य स्वागत तथा सम्मान पाएको छ ।

भारतको गुवाहाटीबाट सोझै नेपाल प्रवेशद्वार आएका विजेता फुटबल खेलाडी र प्रशिक्षकलाई मेची पुलदेखि नै हजारौँ झापाली खेलप्रेमीले जयजयकार गर्दै काँकडभिट्टा बजारसम्म ल्याएका थिए ।

राष्ट्रिय झण्डासहित स्वागतका लागि उपस्थित खेलप्रेमीहरूले नेपालको इज्जत बढाएको भन्दै पङ्तिबद्व भएर खेलाडीलाई फूलको माला र खादा पहि¥याउँदै अबीर लगाएर नागरिक अभिनन्दन गरे ।

नेपाली फुटबल टोलीले गुवाहाटीमा फागुन ३ गते सम्पन्न फाइनल खेलमा बलियो प्रतिस्पर्धी भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएको थियो ।

फुटवल टोलीमा रहेका चर्चित फुटबल खेलाडी नवयुग श्रेष्ठ र प्रशिक्षक राजुकाजी शाक्यलाई खेलप्रेमीहरूले अपार श्रद्धा दर्शाएका छन् ।

स्वदेश फर्किएको नेपाली फुटबल टोलीको स्वागत तथा अभिनन्दनका लागि झापा जिल्ला खेलकुद विकास समितिले झापावासी खेलप्रेमीलाई आह्वान गरेको थियो ।

गलाभरी माला र खादा पहिरिएका, अबीरले राताम्य नेपाली खेलाडीलाई अगाडि लगाएर ¥याली निकाल्दा कुनै ठूलो युद्धजितेर फर्केका योद्धाको सम्मान गरिएको झैँ दृश्य देखिएको थियो ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले नेपाली फुटबल खेलाडीले भूकम्प, नाकाबन्दी र राजनीतिक द्वन्द्वले लामो अवधिदेखि थोपरेको पीडा भुलाउने गरी इतिहास रच्ने खुसी दिलाएको भन्दै खेलाडीको मेहेनत र योगदानको प्रशंसा गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी