पाकिस्तानी सैन्य अदालतद्धारा एक भारतीयलाई तीन वर्षको जेल सजाय

पाकिस्तानी सैन्य अदालतद्धारा एक भारतीयलाई तीन वर्षको जेल सजाय

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ५ फागुन ।  

पाकिस्तानको एक अदालतले आफ्नो मुलुकमा जासुसी गरेको आरोपमा एक भारतीय नागरिकलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

पाकिस्तानको सैन्य अदालतले भारतीय नागरिक हमिद अन्सारीलाई जासुसी गरेको आरोपमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको हो ।

अन्सारीलाई पाकिस्तानी सुरक्षाकर्मीको टोलीले सन् २०१२ मा अफगानिस्तानको बाटो हुँदै पाकिस्तानको कोहाट इलाका प्रवेश गर्दै गर्दा पक्राउ गरेका थिए ।

परिवारका सदस्यका अनुसार अन्सारी इन्टरनेट मार्फत भेटेका कोही पाकिस्तानी महिला साथीलाई भेट्न पाकिस्तान गएका थिए । तीन वर्षसम्म पनि स्वदेश नफर्किएपछि परिवारले खोजीको प्रयास गरेको थियो ।

पाकिस्तानको पेशावर जेलमा रहेका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार भारतीय नागरिक अन्सारीले जासुसीको आरोप स्वीकार गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी