एजेन्सी, ४ फागुन ।
उत्तर कोरियाले सेटेलाइट परीक्षणको तयारी गरेको छ । मिसाइल परीक्षणपछि विवादमा परेको उत्तर कोरियाले पुनः सेटेलाइट परीक्षण गर्ने निर्णय गरेको हो ।
उत्तर कोरियाका नेता किम जोङ उनले आफूहरु सेटेलाइट परीक्षणमा रहेको घोषणा गर्नु भएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धको बेवास्ता गर्दै गरिएको यस निर्णयको बिश्वब्यापी रुपमा आलोचना भएको छ ।
हालै परीक्षण गरिएको भू उपग्रहमा संलग्नहरुलाई धन्यबाद दिन आयोजना गरिएको समारोहामा बोल्दै नेता उनले चाँडै नै सेटेलाइट परीक्षण गर्ने घोषणा गर्नुभएको हो ।
यसअघि भू–उपग्रह प्रक्षेपण गरेको उत्तर कोरियामाथि जापान, अमेरिका, दक्षिण कोरिया लगायतका मुलुकले प्रतिबन्ध लगाइसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline