नयाँ दिल्ली, ३ फागुन ।
भारतीय पूर्वी राज्य झारखण्डमा आइतबार राति भएको सडक दुर्घटनामा कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ ।
सो दुर्घटनामा परी अरु १५ जना गम्भीर रुपमा घाइते भएको समाचारमा जनाइएको छ । सडकमा हिडिरहेका व्यक्तिलाई द्रुत गतिमा रहेको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मारिनेमा बालबालिका र अरु युवायुवती परेका छन् । ट्रकको गति अत्यन्तै तिब्र भएकोले सो दुर्घटना हुन पुगेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार घाइतेभध्येका अधिकांशको अवस्था चिन्ताजनक रहेको छ ।
सरकारले मारिएका व्यक्तिका परिवारलाई एक लाख भारतीय रुपैयाँ क्षतिपुर्ती दिने घोषणा गरेको पनि अर्को एक समाचारमा जनाइएको छ । रासस÷एएफपी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline