माल्दिभ्स विरुद्ध नेपालको रोमाञ्चक जीत

माल्दिभ्स विरुद्ध नेपालको रोमाञ्चक जीत

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

फागुन १, काठमाण्डौं । भारतमा जारी १२ औ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा माल्दिभ्सलाई रोमाञ्चक तरीकाले हराउदै नेपाल फाईनलमा प्रवेश गरेको छ । आज साझ गुहाटीमा भएको सेमिफाईनलमा नेपाललाई जीताउन फेरी नवयुग श्रेष्ठ नायक बनेका छन् ।
उनले ह्याट्रीक गरे पछि पराजयको नजिक पुगेर पनि नेपालले जीत निकाल्यो । पहिलो हाफ्को १५ औं मिनेटमा अन्जन विष्टको गोलमा अग्रता लिएको नेपालले ३६ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा एक गोल गरे पछि पहिलो हाफ् २ गोलको अग्रतामा टुगिंएको थियो । दोस्रो हाफ्मा आक्रामक रुपमा प्रस्तुत भएको माल्दिभ्सले ५२ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो ।
त्यस पछि ६५ औं मिनेटमा कमल श्रेष्ठ दोहोरो पहेलो कार्डका कारण बाहिरिएर नेपाल १० खेलाडीमा सीमित भए पछि माल्दिभ्सले ८५ औं मिनेटमा गोल गरी खेल बराबरीमा पुर्यायो । त्यस पछि ३० मिनेटका लागि खेल अतिरिक्त समयमा गए पछि माल्दिभ्सका खेलाडीको लामो प्रहारलाई रोक्ने क्रममा बिकेश कुथुको हातबाट बल खसे पछि माल्दिभ्सले फेरी ३–२ को अग्रता कायम गरे पछि नेपाल निराश बनेको थियो ।

 तर अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई बराबरीमा मात्र पुर्याएनन् , त्यसको एक मिनेट भित्रै अर्को गोल गरेर उनले टिमलाई जीताएका थिए । उनले यस अघि भुटान विरुद्ध यसै प्रतियोगीतामा र बंगबन्धु गोल्ड कपमा माल्दिभ्स विरुद्ध नै ह्याट्रीक गरेका थिए ।

नेपालले कम्तीमा सागमा फुटबलमा रजत पदक प्राप्त गर्ने निश्चित बनेको छ । फाईनल खेल नेपाल र भारतबीच सोमबार हुने छ ।

 सन् १९९४ र १९९३ मा साफमा स्वर्ण जितेको नेपाल त्यसयता सागमा फाईनल प्रवेश गर्न सकेको छैन् । बंगलादेशमा बंगबन्धु गोल्डकप जितेपछि भारत प्रस्थान गरेको नेपाललाई प्रतियोगिताको दाबेदार मानिएको छ । २३ बर्ष मुनिका अधिकांश खेलाडी सहभागि प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा बंगलादेशसंग पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी