पोखरेली दिदी बहिनीद्धारा भूकम्प पीडितलाई डेढ लाख आर्थिक सहयोग

पोखरेली दिदी बहिनीद्धारा भूकम्प पीडितलाई डेढ लाख आर्थिक सहयोग

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

फागुण १ जापान / जापानमा भर्खरै संगठित पोख्रेली दिदिबहिनी संघ, जापानले गोरखाका भूकम्प पीडितहरुका लागि १ लाख ५० हजार सहयोग गरेको छ ।
उनीहरुले सम्सारा रेमिट का प्रवन्ध निर्देशक सुरेश गिरी मार्फत उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उक्त रकम आजै भुकम्प पीडित सहयोग अगुवा पोखराकै निला गुरुङले पाउने गरी पठाइएको छ ।
स्थानियका अनुसार वारपाक भन्दा लारपाक बढी प्रभावित भएको र सदरमुकाम गोर्खाबाट पैदल २ दिन हिंडेर जानु पर्ने भएको ले सहयोगी हातको पहुन्च नभएको कारण संघले लारपाकमा पठाउने निर्णय गरेको छ ।
उक्त ठाउमा अहिले अत्याधिक जाडो र हिउ परेको कारण आफै पनि जोखिम मा पर्ने भएकोले फागुन को पहिलो हप्तामा जाने पोखराका अगुवाहरुले निर्णय गरेको छ ।
उहॉका साथमा पार्वती तमुस्यो, कौशिला तमुस्यो र तमुधी कास्की का अग्रज हरु पनि लारपाक मा जान को लागि तयारी भइरहेको जनाएका छन् ।
नर्वे र वेल्जियमबाट आएको रकम ले टिनको जस्ता पाता किनी तयारी अवस्थामा रहेको जनाएको छ ।
सन्जोग पनि कस्तो ? रेडियो मा समाचार सुने पछी तुरुन्तै दिदी बहिनी मिलेर केही लत्ता कपडा भय पनि पठाउने सोचले जम्मा गरेको तर नेपाल सरकारले कपडा वितरण लाई रोक लगाएको रहेछ । फेरी अर्को हप्ता को बैठक ले रकम पठाउने निर्णय गरेको हो । जबकी नेपाल मा जस्तो यहाँ सबैलाई फुर्सद हुँदैन, दिदिबहिनी जम्मा हुन साप्ताहिक बिदा कुर्नु पर्छ ।
आजको बैठक ले सबै दिदिबहिनी हरु सँग रकम जम्मा गरी पोखरा पठाइएको हो । संघकी अध्यक्ष गौचन ले भन्नु भयो ’ यो हाम्रो सिमित रकम हो, तर यसले वास्तविक पीडित हरुको अत्यावस्यक आधारभुत समस्याको हल हुनेछ भन्ने हामीलाई विश्वास लागेको छ ।’
सिन्धुपाल्चोक क्षेत्र लगायत अन्य ठाउमा यातायात को पहुच भएकोले प्राय सहयोगी हातहरु पुगेको सुनिएको तर भूकम्प केन्द्र विन्दु वारपाक मा सहयोग पुगेको तेती सुन्नमा नआएकोले वारपाक मा पठाउने निर्णय गरेको तर स्थानिय का अनुसार वारपाक भन्दा लारपाक धेरै प्रभावित र गोर्खा सदरमुकाम बाट २ पैदल हिंडेर जानु पर्ने भएकोले त्यहाँको जनजीवन कष्टप्रद भएको कारण संघले लारपाकमा पठाउने निर्णय गरेको हो ।
केन्द्रविन्दु वारपाक, लारपाक यसको वरपर गुरुङहरुको वाहुल्यता भएका कारण उनिहरु सँग भावनात्मक सम्बन्ध हुने भएकोले गुरुङ अग्रज हरु सहयोगको लागि अन्य समुदाय भन्दा अगाडि सरेको जनाएको छ ।
यसका साथै भुकम्प जादा ताका हेलिकोप्टोर बाट ल्याइएका स्थानिय तथा घाइते हरुलाई पोखराको मणिपाल अस्पताल लगायत विभिन्न अस्पातलबाट डिश्चार्ज भय पछी पोखरास्थित ३, ४ वटा गुरुङ समाज घर मा रहदा ९,१० जना त सुत्केरी नै भएको बताउनु हुन्छ’तमु धिका महासचिव मैना कुमारी गुरुङ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी