भूकम्पबाट १०८ को मृत्यु

भूकम्पबाट १०८ को मृत्यु

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

ताइपेन, १ फागुन ।

ताइवानमा गत फेब्रुअरी ६ तारिखमा गएको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १०८ पुगेको छ । सो शक्तिशाली भूकम्पबाट शनिबार बिहान ७ बजेसम्म १०८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९ जना बेपत्ता भएका छन् ।

स्थानीय समयानुसार फेब्रुअरी ६ का दिन बिहान ३ः५७ मा गएको सो भू्कम्प ६.७ रिक्टर स्केलको मापन गरिएको थियो । तर स्थानीय अधिकारीहरूले भने यो ६.४ रिक्टर स्केलको मात्र भएको जानकारी दिएका थिए । चिनियाँ नयाँ वर्षको दुई दिनआगाडि मात्र उक्त शक्तिशाली भूकम्प गएको थियो ।

ताइवानमा रहेको एक अपार्टमेन्ट भवनबाट २८१ जना उद्धार गरिएको छ । भूकम्प गएको एक हप्तापछाडि पनि सो भवनमा अझै पनि नौ व्यक्ति वेपत्ता रहेका छन् ।

उद्धारकर्ताहरुले अझै पनि बेपत्ता भएका व्यक्तिको खोजी कार्य जारी राखेका र तर गत सोमबारयता जिवितै व्यक्ति भने उद्धार नभएका बताएको छ ।

ताइवानमा सन् १९९९ मा गएको ७.६ को भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी