जिका भाइरसबाट भेनेजुएलामा तीनको मृत्यु, सयौँ सङ्क्रमित

जिका भाइरसबाट भेनेजुएलामा तीनको मृत्यु, सयौँ सङ्क्रमित

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी, २९ माघ ।

जिका भाइरसको सङ्क्रमणबाट भेनेजुएलामा कम्तीमा पनि तीन जनाको मृत्यु भएको छ भने सयौँ घाईते भएका छन् ।

जिका भाइरसको सङ्क्रमणबाट ती व्यक्तिको निधन भएको प्रमाणित भएको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले जानकारी दिनुभएको हो ।

लामखुट्टेको टोकाईबाट हुने सङ्क्रमणजन्य यस रोगबाट मृत्यु भएको भेनेजुएलामा यो पहिलो घटना हो ।

दक्षिण अमेरिकी देश भेनेजुएलामा यसअघिदेखि यस सङ्क्रमण देखिएको हो । यस सङ्क्रमणबाट त्यहाँ हालसम्ममा कम्तीमा पनि ३१९ जना व्यक्ति सङ्क्रमित भएका बताइएको छ ।

राष्ट्रिय टेलिभिजन प्रशारणमार्फत सम्बोधन गर्दै राष्ट्रपति मदुरोले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– देशव्यापी रुपमा यसको प्रभाव देखिएको छ र दुर्भाग्यबस आजसम्ममा तीनजनाको ज्यान गएको छ ।

उहाँले ६८ जना विरामीलाई उनीहरुको गम्भीरताका कारण सघन उपचार कक्षमा राखेर नै उपचार सुरु गरिएको पनि जानकारी दिनुभयो ।

विभिन्न देशले औषधि तथा उपचार प्रविधि सहयोग गरिरहेकोमा धन्यवाद दिँदै उहाँले सबै विरामीको राम्रो उपचारका लागि आवश्यक मात्रामा औषधि र प्रविधि उपलब्ध रहेको जानकारी दिनुभयो ।

दक्षिण अमेरिकी देशले पछिल्लो समयमा जिका भाइरसका विरुद्धमा सङ्घर्ष गरिरहेको समाचार आइरहेका बेला भेनेजुएलाका राष्ट्रपतिको यो भनाई आएको छ ।
यो सङ्क्रमणबाट सबैभन्दा धेरै सङ्क्रमितहरु ब्राजिलमा रहेका छन् । ब्राजिलमा कम्तीमा पनि १५ लाख नागरिक प्रभावित भएका छन् ।

सन् २०१५ को सुरुवातदेखि नै यस सङ्क्रमणको असर सुरु भएको हो । सो असरबाट दक्षिण अमेरिकी देशहरु बढी प्रभावित भएका छन् ।

यस सङ्क्रणको असरका कारण विश्व स्वास्थ्य संगठनले यसलाई विश्वमा नै एक खतरनाक महामारीको सूचीमा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी