जेलमा नै कैदीका दुई समूहबिच हिंसात्मक झडप, ५२ जनाको मृत्यु

जेलमा नै कैदीका दुई समूहबिच हिंसात्मक झडप, ५२ जनाको मृत्यु

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

मेक्सिकोको एक जेलमा कैदीबन्दीको दुई समूहबिच हिंसात्मक झडप हुँदा ५२ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको उत्तरी न्वेवो लियोन राज्यको मोन्टेरीमा रहेको जेलमा कैदी बन्दीका दुई परस्पर विरोधी समूहबिच झडप भएको बीबीसीले जनाएको छ ।

झडपमा अन्य १२ जना कैदी घाइते भएका छन् । कैदीबन्दीले झडपमा धारिलो हतियार तथा लठ्ठी प्रयोग गरेको र जेलको स्टोर रुममा आगलागी समेत भएको सरकारी अधिकारीले बताएका छन् ।

कैदीबन्दीका आफन्तले घटनाको वास्तविक सूचनाको माग गर्दै जेल बाहिरको सडक अवरुद्ध पार्दै जेलको मुल ढोका खोल्न माग गरेका छन् । केहीले प्रहरीमाथि लाठ्ठी तथा ढुंगा प्रहार गरेको समेत बीबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी