नाइजेरियामा आत्मघाती आक्रमण, ६० जनाको मृत्यु

नाइजेरियामा आत्मघाती आक्रमण, ६० जनाको मृत्यु

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नाइजेरियामा द्वन्द्वका कारण विस्थापित भएका नागरिक बस्दै आएको शिविरमा आत्मघाती बम विस्फोट हुँदा ६० जनाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरपूर्वी शहर दिकवामा रहेको शिविरमा दुई जना महिला आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा ६० जना भन्दा धेरैको मृत्यु बीबीसीले जनाएको छ ।

बिद्रोही संगठन बोको हरामको हिंसात्मक गतिविधिको केन्द्र रहँदै आएको बोर्नो राज्यको राजधानी मैदुगुरीबाट ८५ किलोमिटर टाढा रहेको शिविरमा विस्फोट भएको हो ।

बोको हरामको हिंसाका कारण आन्तरिक रुपमा विस्थापित भएका मानिस बस्दै आएको शिविरमा आत्मघाती आक्रमणकारी प्रवेश गरेर शिविरको बिच भागमा आफैलाई विस्फोट गराएको सरकारी अधिकारीले जनाएका छन् ।

आक्रणमा बोको हरामको संलग्नता हुनसक्ने आशंका गरिए पनि घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । गएको जनवरी ३१ मा मैदुगुरीको बाहिरी क्षेत्रमा भएको आक्रमणमा कम्तिमा ६५ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी