म्यानमारमा सैनिक विमान दुर्घटनामा चार सैनिकको मृत्यु

म्यानमारमा सैनिक विमान दुर्घटनामा चार सैनिकको मृत्यु

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

नाइपिद्व, २७ माघ ।

म्यानमारमा बुधबार बिहान भएको सैनिकको एक सानो विमान दुर्घटनामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको समाचार छ ।

राजधानी नाइपिद्वबाट नजिकैको एक विमानस्थलमा बुधबार बिहान सो विमान दुर्घटना भएको थियो । जहाज उड्ने समयमा खराबी देखिएको र उडेको केही समयपछि नै तत्कालै दुर्घटनाग्रस्त भएको बताइएको छ ।
सो सानो सैनिक विमानले म्यानमारका चारजना सैनिक बोकेको जनाइएको छ । ती सैनिक बोकेर उड्न लागेको विमानमा आगोलागेको र अकस्मात खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
विमानस्थलनजिकै विमान खसेर आगोलागेपछि निकै ठूलो धुवाको मुस्लो निस्किएको थियो । उक्त दुर्घटनास्थलमा आगो लागेको विमान हेर्न ठूलो सङ्ख्याका व्यक्ति उपस्थित भएका थिए ।
तर यस विषयमा म्यानमारको सेनाले भने कुनै आधिकारिक भनाई सार्वजनिक गरेको छैन ।

इन्डोनेसियामा पनि सैनिक विमान दुर्घटनाग्रस्त, दुईको मृत्यु
यसैबीच इन्डोनेसियामा पनि बुधबार एक सैनिक विमान दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका दुईजना सैनिकको ज्यान गएको छ ।
उक्त विमान परीक्षण उडानका रुपमा उडेका बेला दुर्घटनामा परेको बताइएको छ । त्यस सानो विमानमा कतिजना सैनिक रहेका थिए भन्ने बारेमा केही जानकारी दिइएको छैन ।
उक्त दुर्घटना इन्डोनेसियाको जाभा प्रान्तमा खसेको सेनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी