इन्डोनेसियामा कमसल खालको रक्सीले २६ जनाको ज्यान लियो

इन्डोनेसियामा कमसल खालको रक्सीले २६ जनाको ज्यान लियो

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

जकार्ता, २५ माघ ।

इन्डोनेसियामा कमसल खालको रक्सीले २६ जनाको ज्यान लिएको समाचार छ । इन्डोनेसियाको मध्यप्रान्त जाभामा अवैध रुपमा उत्पादित र कमसल खालको रक्सीले ती व्यक्तिको ज्यान लिएको समाचारमा जनाइएको छ ।

जाभाको उत्तरी नगर स्लेमनमा सो रक्सीको उत्पादन गरिएको बताइएको थियो । रक्सीको सेवनबाट ती व्यक्तिको ज्यान गएको अनुसन्धानमा खटेका प्रहरीले जनाएका छन् ।

उनीहरुकाअनुसार रक्सी विषाक्त रहेको र त्यसैले कम्तीमा पनि २६ जनाको ज्यान लिएको पाइएको छ । ज्यान जानेमा धेरैजसो विद्यार्थी रहेका छन् । उनीहरु घरमा बनेको रक्सी सेवनका लागि अर्कै नामबाट त्यहाँ गएका थिए । कतिपयले भने किनेर घरैमा ल्याएर खाएका थिए ।

बुधबारसम्ममा सो रक्सीको सेवनबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । त्यसमा परी अरु पनि कैयौँ नागरिक गम्भीर रुपमा विरामी परेका छन् ।
उक्त नगरमा रक्सी निर्माणमा सम्लग्न भएको आशङ्कामा एकजना दम्पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस रक्सीको सेवनबाट गम्भीर घाइते व्यक्तिको उपचार जारी छ ।

तर त्यसका कारण विरामी परेकाहरुको पहिचान भने खुलाइएको छैन ।
मुस्लिम बाहुल्यता रहेको सो देशमा यसरी नक्कली रक्सीको सेवनबाट ज्यान जाने गरेका कैयौँ घटना रहेका छन् । यस्तो रक्सीको सेवनबाट अरु गत वर्ष पनि एक दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । त्यसैगरी सन् २००५ मा पनि सोही क्षेत्रमा कम्तीमा पनि २५ जनाको यसरी नै ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी