काठमाडौं,२४ माघ ।
शक्ति राष्ट्रहरु र छिमेकी दक्षिण कोरियाले परीक्षण नगर्न चेतावनी दिदा समेत उत्तर कोरियाले आफ्नो योजना अनुसार रकेट परीक्षण गरेको छ ।
दक्षिण कोरिया र अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुले उत्तरले परीक्षण गरेको पुष्टि परेको बीबीसीले उल्लेख गरेको छ ।
दक्षिण कोरिया र जापानले भने रकेट परीक्षण गरेमा त्यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनीे दिएका थिए । रकेट परीक्षण नगर्न पाएको चेतावनीको वास्ता नगर्दै उत्तर कोरियाले भने परीक्षण गरेको हो ।
यद्यपि, उत्तरले आफ्नो योजनाबारे राष्ट्रसंघलाई भने अग्रिम जानकारी गराएको थियो । उत्तर कोरियामाथि परमाणु र बालिस्टिक मिसाइल परीक्षणमा संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ ।
यसअघि जनवरी ६ मा मात्र चौथो परमाणु बम परीक्षण गरेको उत्तर कोरियाको विश्वस्तरमा आलोचना भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline