काठमाडौ २३ माघ ।
भारतको गुजरातमा एक यात्रु बस दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।
६० जना यात्रु लिएर उकाइका लागि छुटेको बस गुजरातको दक्षिणी क्षेत्रस्थित नवसारी जिल्लाको पूर्णा नदीको पुलबाट खसेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटना लगतै प्रहरी तथा उद्दारकर्मी दुर्घटनास्थल पुगेका थिए ।
गुजरात राज्य सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई चार लाख रुपैयाँ राहत दिने जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline