झडपमा तीन सैनिकको मृत्यु

झडपमा तीन सैनिकको मृत्यु

  • बिहिबार, माघ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी,२१ माघ ।

दक्षिणी फिलिपिन्सको कोम्पोस्टेला प्रान्तमा बामपन्थी समूह न्यु पिपुल्स् आर्मी ९एपीए० र सैनिकबीच भएको झडपमा तीन सैनिकको मृत्यु भएको समाचार छ ।

स्थानीय सञ्चारमाध्यमले बिहीबार सो जानकारी दिएको बताइएको छ । सो स्थानमा यसअघि पनि भिडन्त भएर केही सरकारी सुरक्षाकर्मीको ज्यान गएको थियो ।

दक्षिणी फिलिपिन्सको टिबागोन गाउँमा करिब ६० जना विद्रोहीसँग सैनिकको ३० मिनेटसम्म भएको झडपमा दुई सैनिकको मृत्यु हनुको साथै अन्य दुई घाइते भएका छन् ।

त्यसैगरी नापनापान गाउँमा करिब १० विद्रोहीले गरेको गोली प्रहारमा एक सैनिकको मृत्यु भएको बताइएको छ ।

सशस्त्र कम्युनिस्ट पार्टीसँग आवद्ध एपीएले फिलिसिन्समा सरकारविरुद्ध आन्दोलन चलाएको चार दशक पूरा भईसकेको छ । रासस÷एपी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी