सरकार र विद्रोही दुवै पक्षले एक अर्कालाई आरोप प्रत्यारोप गरे पछि सयुक्त राष्ट्रसंघले शान्ति वार्ता स्थगित गरेको छ ।
स्वीजरल्याण्डको जेनेभामा केही समय देखि चलिरहेको वार्तामा प्रगतिको कमी देखिएको तर पुरै असफल भने भईनसकेको सयुक्त राष्ट्रसंघका विशेष दुत स्टाफन डे मिस्तुराले बताएका छन् ।
दोस्रो चरणको वार्ता आगामी फेबु्रअरी २५ तारिखमा हुने भनिएको थियो ।
विद्रोहीहरुको नियन्त्रणमा रहेको एलेप्पो शहरमा सरकारी फौजले आक्रमण गरेको विद्रोहीहरुले आरोप लगाए पछि उनीहरु वार्तामा बस्न अस्वीकार गरेका थिए ।
विशेष दुत मिस्तुराले सिरीयामा ५ वर्ष देखि जारी युद्ध रोक्ने प्रयासमा हुन लागेको बार्ता स्थगित भए पछि चिन्ता व्यक्त गर्दै सहयोगका लागि रुस र अमेरीकालाई आग्रह समेत गर्नु भयो ।
सिरीयामा जारी लामो द्धन्दका क्रममा झण्डै २ लाख मानिसको ज्यान गईसकेको छ भने दशौं लाख विस्थापित भएका छन् ।