मृत्युदण्डको सजाय पाएका कविलाई आठ वर्ष कैद

मृत्युदण्डको सजाय पाएका कविलाई आठ वर्ष कैद

  • बुधबार, माघ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी २० माघ ।  

साउदी अरेबियाको एक अदालतले इस्लाम नमानेको आरोपमा दोषी ठहर गरेका प्यालेस्टिनीमूलका एक कविलाई आठ वर्ष कैदको सजाय सुनाएको छ ।

अशरफ फयाज नाम गरेका कविलाई यसअघि तल्लो अदालतले मृत्युदण्डको सजाय दिएकोमा माथिल्लो अदालतले सो फैसला उल्टाउँदै उक्त सजाय तोकेको हो ।

उनलाई अगस्ट २०१३ मा पक्राउ गरिएकोमा त्यसको भोलिपल्टै रिहा गरिएको थियो । जनवरी २०१४ मा पुनः पक्राउ परेका उनलाई धर्म परित्याग गरेको आरोपमा कानुनी कारवाही अघि बढाइएको थियो ।

साउदी अरबमै जन्मिएका फयाज प्यालेस्टिनी शरणार्थी परिवारका सदस्य हुन् । उनीमाथि नास्तिकताको प्रचार गरेको तथा इस्लाम धर्मविरुद्ध लागेको आरोपमा मुद्दा चलाइएको थियो ।

यसका अतिरिक्त ८०० कोर्राको सजाय १६ पटकमा पुरा गर्नुपर्ने शर्त पनि अदालतले राखेको छ । अदालतको सो निर्णयविरुद्ध पुनः अपिल गरिने र उनको रिहाई माग गरिने वकिल लहीमले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी