काबुलको प्रहरी मुख्यालयमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु

काबुलको प्रहरी मुख्यालयमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, १९ माघ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको प्रहरी मुख्यालयमा आत्मघाती बम विस्फोट हुँदा २० जनाको मृत्यु भएकोे छ ।

काबुलको पश्चिमी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोटमा परि अन्य २९ जना घाइते भएको आन्तरिक मामिला मन्त्रालयलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

विस्फोटमा परि मारिनेमा अधिकांश प्रहरी अधिकारी रहेको जनाइएको पनि स्थानीयका अनुसार भने मृत्यु हुनेमा धेरै सर्वसाधारण नागरिक रहेको बताएका छन् ।

तालिबान विरुद्धको कारवाहीमा संलग्न हुँदै आएको नेशनल सिभिल अडर प्रहरीको मुख्यालयको प्रवेशद्वारमा गराइएको आक्रमणको जिम्मा बिद्रोही संगठन तालिबाने लिएको छ ।

सरकारी अधिकारीले सुरुमा आत्मघाती कार बम विस्फोट भएको भनेका थिए । तरपछि आक्रमणकारी मुख्यालय प्रवेशका लागि सर्वसाधारण नागरिकको लाइनमा बसेर आफैलाई विस्फोट गराएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी