१० हजार शरणार्थी बालबालिका बेपत्ता

१० हजार शरणार्थी बालबालिका बेपत्ता

  • सोमवार, माघ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी १८ माघ ।

विभिन्न द्धन्द्धग्रस्त मुलुकबाट युरोप पुगेका मध्ये करिब १० हजार शरणार्थी बालबालिका बेपत्ता भएको युरोपियन युनियनको प्रहरी अनुसन्धान विभागले जनाएको छ ।

इयुका अनुसार हजारौं बालबालिका युरोपियन देशमा दर्ता भएपछि बेपत्ता भएको हो । उसले बेपत्ता भएका बालबालिका र युवा यौन शोषण तथा आपराधिक समूहको शिकार बन्नसक्ने चेतावनी समेत दिएको छ ।

सेभ द चिल्ड्रेनले गतवर्ष करिब २६ हजार बालबालिका आफ्ना परिवार विनै युरोप पुगेको जनाएको छ । हराएका १० हजार बालबालिकाको खोजी भइरहेको बताइएको छ ।

बेपत्ता बालबालिकामाथि शोषण भइरहेको हुनसक्ने र कोही आफ्नै परिवारसँगको सम्पर्कमा पुगिसकेको हुनसक्ने अनुमान गरिएको छ । गत मे मा इटलीका अधिकारीहरुले शरणार्थी स्वागत केन्द्रबाट करिब ५ हजार बालबालिका बेपत्ता भएको जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी