आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा ३९ जनाको ज्यान गयो

आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा ३९ जनाको ज्यान गयो

  • आइतवार, माघ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

समुद्री मार्ग भएर टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ ।

टर्कीको एजियन सागर पार गर्ने क्रममा डुंगा डुब्दा ३९ जना भन्दा धेरै आप्रवासीको ज्यान गएको हो । ज्यान जानेमा धेरै बालबालिका रहेको तट रक्षकलाई उधृत गर्दै बीबीसीले जनाएको छ

तट रक्षकले ६० जना भन्दा धेरैको जिवितै उद्दार गरेका छन् । स्थानीय सरकारी अधिकारीहरुका अनुसार समुद्रमा डुबेको डुंगाको खोजी भइरहेकाले ज्यान जानेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

मध्य पूर्वका द्वन्द्वग्रस्त सिरिया, अफगानिस्तान, इराकसहितका देशका हजारौं नागरिकले उत्तरी युरोपमा शरण पाउने आशामा टर्कीबाट ग्रिससम्म जोखिमपूर्ण समुद्री मार्गको यात्रा गर्ने गरेका छन् ।

शरणार्थीका लागि अन्तर्रा्ष्ट्रिय संगठन आइओएमका अनुसार यो वर्ष लागेपछि अहिलेसम्म भूमध्ये सागरमा डुबेर २ सय ४४ आप्रवासीको ज्यान गइसकेको छ । समुद्री मार्ग भएर यो वर्ष लागेपछि ५५ हजार पाँच सय भन्दा धेरै आप्रवासी युरोप प्रवेश गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी