जेनेभामा हने शान्ति वार्तामा विपक्षी समूह पनि सहभागी हुने

जेनेभामा हने शान्ति वार्तामा विपक्षी समूह पनि सहभागी हुने

  • शनिबार, माघ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी १६ माघ ।  

स्वीजरल्याण्डको जेनेभा शान्ति वार्तामा सिरियाको विपक्षी समूहले पनि सहभागी हुने भएको छ । विपक्षी समुहको उच्च स्तरीय वार्ता कमिटि एचएनसीले जेनेभा वार्तामा सामेल हुने जनाएको हो ।

संयुक्त राष्ट्रसंघका पदाधिकारीले स्वीस शहरमा सिरियाको सरकारी वार्ता समितिसँग भेटवार्ता गरिसकेको छ । वार्तामा सरकारी र विपक्षी समूहका वार्ता टोली छुट्टा छुट्टै कोठामा बस्ने र ती समूहको बिचमा राष्ट्रसंघीय टोली बसेर वार्तालाई सहजिकरण गर्ने तयारी छ ।

एचएनसीले आफ्ना ३० देखि ३५ जना पदाधिकारी जेनेभा पठाउने तयारी गरेको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले शुक्रबार एचएनसीका प्रतिनिधिलाई टेलिफोन गरेर वार्तामा सहभागी हुन आग्रह गर्नु भएको थियो ।

सिरियामा राष्ट्रपति बसर अल असदका समर्थक र बिरोधी बिच संघर्ष हुँदै आएको छ । यस्तै बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले पनि त्यहाँ हिंसात्मक गतिविधि गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी