एजेन्सी,१० माघ ।
फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्ड आज भारत भ्रमणमा आउदै हुनुहुन्छ । राष्ट्रपति ओलाण्ड तीन दिने भ्रमणका लागि भारत आउन लाग्नु भएको हो ।
भारतले गणतन्त्र दिवसको प्रमुख अतिथिका रुपमा निम्त्याए पछि ओलाण्ड आजै चन्डीगढ पुग्नेगरी आउन लाग्नु भएको भारतीय संचार माध्यमले जनाएका छन ।
भ्रमणका क्रममा दुई मुलुकबीचको सम्बन्ध सुधारका विषयमा छलफल हुने बीबीसीले उल्लेख गरेको छ । चन्डीगढ शहरको सम्बन्ध फ्रान्सीसी आर्किटेक्चरसँग जोडिएकाले सम्बन्ध सुदृढ गर्ने विषयमा राष्ट्रपति ओलान्डले चासो देखाउनु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline