आप्रवासी चढेको डुंगा दुर्घटना, ४२ जनाको मृत्यु

आप्रवासी चढेको डुंगा दुर्घटना, ४२ जनाको मृत्यु

  • शनिबार, माघ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी ९ माघ । 

ग्रिसको इजिएन सागरमा आप्रवासी चढेको दुई ओटा डुंगा दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ ।

३४ जना आप्रवासी चढेको डुंगा कालोलिम्नोस टापु नजिक दुर्घटना भएको अनतर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । जसमा ११ जना बालबालिका पनि थिए ।

यस्तै ८ जना सवार अर्को डुंगा फार्माकोनिसी टापु नजिक दुर्घटना भएको बिबीसीले जनाएको छ । विशेष गरी द्वन्द्वग्रस्त मध्यपूर्वी देशबाट समुद्रको असुरक्षित बाटो हुँदै अवैध रुपमा युरोप प्रवेश गर्ने क्रम बढेको छ ।

यस क्रममा धेरै मानिसको ज्यान जाने गरेको छ । गत वर्ष मात्र १० लाख भन्दा धेरै आप्रवासी समुद्रको बाटो भएर युरोप प्रवेश गरेका थिए । त्यसमध्ये कम्तिमा सात सय जनाको ग्रिस पुग्ने क्रममै समुद्रमा डुबेर ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी