खेलाडी र प्रशिक्षकलाई प्रधानमन्त्रीको बधाई

खेलाडी र प्रशिक्षकलाई प्रधानमन्त्रीको बधाई

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा आज सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जीत हासिल गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिनुभएको छ ।

बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टोलीले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बधाइ ज्ञापन गर्नुभएको छ । उहाँले खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ । २३ वर्षपछि अन्तर्रा्ष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र उहाँको व्यक्तिगत तर्फबाट पनि प्रधानमन्त्रीले बधाइ दिनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने प्रतिवद्धता प्रधानमन्त्री ओलीको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी