माघ ५ काठमाण्डौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाईनलमा स्थान बनाएको छ । आज भएको सेमिफाईनलमा चीर प्रतिद्धन्दी माल्दिभ्स विरुद्ध ४–१ गोलको फराकीलो जीत निकाल्दै फाईनलमा स्थान सुरक्षित गरेको हो ।
नेपालका लागि युवा खेलाडी नवयुग श्रेष्ठले ह्याट्रीक गरे भने बिशाल राईले एक गोल गरे ।
नेपालका लागि खेलको ३१ औं मिनेटमा बिमल घर्ती मगरको प्रहार साईड पोलमा लागेर डिफ्लिक्ट भएको बललाई नवयुगले जाली चुमाएर अग्रता दिलाए ।
त्यस पछि दोस्रो हाफ्को ५२ औं मिनेटमा बिशाल राईले गोल गर्दै टिमको अग्रता दोव्वर पारे भने ६२ औं र ९१ औं मिनेटमा नवयुगले गोल गर्दै टिमलाई ४–१ ले जीताए । नवयुग श्रेष्ठ म्यान अफ् दि म्याच घोषित भए ।
माल्दिभ्स विरुद्धको यो जीतले नेपाली समर्थकलाई खुसी तुल्याएको छ ।
माल्दिभ्सका लागि नासिदले ७७ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
लामो समय पछि अन्तराष्ट्रिय स्तरको प्रतियोगीतामा नेपाल उपाधी नजिक पुगेको छ ।
अब शुक्रबार हुने फाईनलमा बहराईनलाई हराउन सके नेपालले अढाई दशक पछि ठूलो उपाधी उचाल्ने छ ।
नेपालका प्रशिक्षक बाल गोपाल महर्जनले अब फाईनल जीत्ने लक्ष्य राखिएको बताएका छन् । नेपाली टिममा अहिले बिराज महर्जनको कप्तानीमा अधिक युवा खेलाडीहरुको बर्चस्व रहेको छ ।
