नेपाल र साउदी अरबबीच श्रम सम्झौता हुने

नेपाल र साउदी अरबबीच श्रम सम्झौता हुने

  • शनिबार, माघ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

साउदी अरब, २ माघ ।

नेपाल र साउदी अरबबीच छिट्टै श्रम सम्झौता हुने भएको छ । रियादमा भएको दुई देशबीचका प्रतिनिधिमण्डलको वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएपछि श्रम सम्झौता हुने निश्चित भएको हो ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यको नेतृत्वमा आएको प्राविधिक टोली र साउदीको डेपुटी मिनिस्टरस्तरीय वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएको हो । वार्तामा दुई देशबीच घरेलु कामदारलगायत सबै प्रकारका कामदारसम्बन्धी सम्झौता गर्ने निर्णयसमेत भएको छ । दुई दिनसम्म चलेको द्विपक्षीय प्राविधिक टोलीको वार्ताले श्रम सम्झौताका लागि अन्तिम खाका तयार गरेको हो ।

यसअघि घरेलु कामदारको विषयमा मात्र चासो दिएको साउदी अरबले नेपालले सबै कामदारका लागि सम्झौता गर्नुपर्ने अडान लिएपछि दुवै खालको श्रम सम्झौता हुने भएको हो ।

साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले साउदीसँग श्रम सम्झौताका लागि सबै तयारी पूरा भएको बताउनुभयो । श्रम सम्झौताका लागि घरेलु तथा सबै खालका कामदारका विषयमा दुई देशका श्रम अधिकारीबीच छलफल भई अन्तिम मस्यौदा तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

वार्तामा मूलतः प्रस्तावित श्रम सम्झौता, घरेलु महिला कामदार तथा अन्य सबै प्रकारका कामदार, तलब सेवा सुविधा, कामदारका हक हितलगायत विषयमा छलफल भएको थियो ।

पछिल्लो समय नेपाली कामदारका लागि साउदी अरब ठूलो श्रम बजारको रुपमा लिइएको छ । साउदी अरबसँग लामो समयदेखि श्रम सम्झौता हुन नसक्दा नेपाली कामदारले निकै जटिल र गम्भीर खालका समस्या भोग्नु परेको छ । सम्झौताअनुसारको काम नपाउनु, काम गरेको तलब नपाउनु, तोकिएको अवधिभन्दा बढी काम गर्नुपर्ने बाध्यता, करार अवधि सकिएपनि स्वदेश फर्कन नपाउनेलगायत समस्या नेपाली कामदारले भोग्ने गरेका छन् । रास

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी