अरब लिगका विदेश मन्त्रीद्धारा इरानको निन्दा

अरब लिगका विदेश मन्त्रीद्धारा इरानको निन्दा

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

केही दिन अघि राजधानी तेहरानमा रहेको साउदी अरबको दूतावास आक्रमणको विषयमा अरब लिगका विदेशमन्त्रीले इरानको निन्दा गरेका छन ।

साउदी दूतावासमा भएको आक्रमण बारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा बसेको अरब लिगका विदेशमन्त्रीको आपतकालिन बैठकले घटनाको निन्दा गरेको वीवीसीले जनाएको छ ।

इरानका अधिकारीले साउदी दूतावासमा सुरक्षा दिन नसकेको अरब लिगका विदेश मन्त्रीको आरोप छ । लेबनान बाहेक लिगका अधिकांश देशले इरानको विरोध गरिएको प्रस्तावको पक्षमा मत दिएका छन् ।

साउदी अरबले शिया धर्म गुरु निम्र अल निम्रलाई मृत्युदण्डको सजाय दिएपछि इरानमा त्यसको विरोधमा प्रर्दशन भएको थियो । प्रदर्शनकारीले तेहरानमा रहेको साउदी दूतावासमा आगजनी गरेका थिए ।

घटनापछि साउदी अरबले इरानसँगको कुटनीतिक सम्बन्ध तोडेको थियो भने सिधा हवाई सेवा पनि बन्द गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी