एजेन्सी, २६ पौष ।
युरोपमा इस्लामिक अतिवादीबाट एकपछि अर्का गर्दै आक्रमण हुन थालेपछि बढेको सामुदायिक अविश्वास अन्त्य गर्नका लागि फ्रान्सस्थित मस्जिदहरुले पहल सुरु गरेका छन ।
मुसलमान र गैर मुसलमानबीच संवाद बढाउने उद्देश्यले त्यहाँका मस्जिदहरुले पहल सुरु गरेको वीवीसीले जनाएको छ । इस्लामलाई सही ढंगले बुझ्न सकून् भन्ने उद्देश्यले अन्य समुदायका व्यक्तिहरुलाई निमन्त्रणा दिन थालिएको पनि बताइएको छ ।
पेरिसको व्यंग्य पत्रिका शार्ली एब्दोमाथि आक्रमण गरिएको वर्ष दिन पुगेपछि त्यहा अग्रणी मानिएको मुस्लिम संस्था फ्रेन्च काउन्सिल अफ दी मुस्लिम फैथल यस्तो कार्यक्रम शुरु गरेको वीवीसीले उल्लेख गरेको छ ।
गतवर्ष इस्लामिक अतिवादीले गराएको अलग–अलग दुई घटनामा पेरिसमा मात्र १७ जना मारिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline