काठमाडौ २५ पौष ।
भारतको बिहारमा प्रहरी र नक्सालवादीबिचको भिडान्तमा पाँच जना नक्सालवादी मारिएका छन् ।
बिहारको राजधानी पटनाबाट झण्डै एक सय २० किलोमिटर दक्षिणी क्षेत्रमा पर्ने औरंगावादको ढिबरामा केन्द्रीय रिजर्व पुलिस बल सिआरपिएफ र नक्सालवादीबिच मुढभेड भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।
भिडन्तपछि गरिएको खोजिका क्रममा पाँच जना नक्सालवादीको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ । झडपको क्रममा एक सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
एक एक ४७ तथा अरु केही हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार बेलुका भएको हो । त्यसक्षेत्रमा अहिले पनि छानबिन चलिरहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline