पाकिस्तान र अफगानिस्तानमा भूकम्प

पाकिस्तान र अफगानिस्तानमा भूकम्प

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

इस्लामाबाद २४ पुस । पाकिस्तानमा शुक्रबार अपराह्न ५.९ रिक्टर स्केलको भूकम्प आएको समाचार छ । पाकिस्तानको मौसमविज्ञान संस्थाले सो जानकारी दिएको छ ।

सो भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दकुश पहाडी परिसरको आसपासमा २३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

सो भूकम्पको कम्पन करिब ६ सेकेन्डसम्म महसूस गरिएको बताइएको छ । शुक्रबार अपराह्नमा आएको यस भूकम्पको कम्पन राजधानी इस्लामाबाद, पूर्वी पञ्जाव, उत्तरपश्चिम राज्य खैबर पाख्तुनख्वामा बढी महसूस गरिएको बताइएको छ ।

गत डिसेम्बर २६ पनि ६.९ रिक्टर स्केलको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएका थिए ।

त्यसैगरी गत वर्षको अक्टोबर २६ मा गएको ८.१ रिक्टर स्केलको भूकम्पवाट २८० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै अन्य सयौँ घाइते भएका थिए ।

यसैबीच अफगानिस्तानको उत्तर र उत्तरपूर्वी भागमा पनि शुक्रबार अपराह्नमा ५ रिक्टर स्केलको भूकम्प गएको समाचार प्राप्त भएको छ । स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएको छ ।

यस भूकम्पको कम्पन राजधानी काबूलमा पनि महसूस गरिएको बताइएको छ । यस भूकम्पबाट मानवीय र सम्पत्ति क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ