ट्रक ड्राइभर बोलिनलाई फाँसी

ट्रक ड्राइभर बोलिनलाई फाँसी

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

अमेरिका, २४ पुस ।

विभिन्न हत्यामा संलग्न भएको अभियोगमा अमेरिकी राज्य फ्लोरिडामा एक पूर्व ट्रक ड्राइभरलाई बिहीबार फाँसी दिइएको छ । त्रीपन्न बर्षीय ओस्कार रे बोलिनलाई सन् १९८६ मा तीनजना क्रमशः १७, २५ र २७ बर्षीया किशोरीहरूको हत्या गरेको अभियोग लगाइएको छ ।

अमेरिकामा बिहीबार स्थानीय समय अनुसार १० बजेर सोह« मिनेटको समयमा लेथल इन्जेक्सन दिई फाँसी दिइएको थियो । सन् २०१६ मा अमेरिकामा यो नै पहिलो फाँसीको सजाँय भएको स्थानीय जेल प्रशासनले बताएको छ ।
यसबाहेक पनि उनीमाथी अन्य केही बलात्कार र हत्याका आरोप लागेका छन् ।

बोलिनलाई यसअघि नै फाँसीको सजाँय दिन लागिएको भएपनि उनकी श्रीमती रोजालिन मार्टिनेजले सन् १९९६ मा बिबाह गरे पश्चात फाँसीको सजाँयबाट जोगाउन करीब दुई दशक सघंर्ष गर्दै आएकी थिइन् ।

अमेरिकामा सन् २०१५ मा जम्मा २८ जनालाई फाँसी दिइएको थियो भने सन् १९९१ मा सबैभन्दा कम मानिसलाई फाँसीको सजायँ भएको यहाँँको फाँसी सजायँ सुचना केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी