प्रहरीको विद्यालयमा आक्रमण पचासको मृत्यु

प्रहरीको विद्यालयमा आक्रमण पचासको मृत्यु

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

लाइटन (लिबिया), २३ पुस । लिबियाको पश्चिमी सहर लाइटनमा रहेको एक प्रहरी विद्यालय (तालिम केन्द्र) मा बिहीबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको समाचार छ । यस राष्ट्रमा हालसम्म भएका आक्रमणहरूमध्ये आज भएको यो बम विस्फोट पनि एक भीषण आक्रमण भएको बताइएको छ ।

लिबिया राजधानी त्रिपोलीदेखि १७० किलोमिटर पूर्वमा रहेको तटीय सहर लाइटनमा प्रहरीको तालिम सञ्चालन गरिने सो विद्यालयमा पानी बोक्ने ट्याङ्करमा विस्फोटक पदार्थ राखेर आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई बताएको छ । सो भीषण विस्फोटन गराइएको समयमा उक्त तालिम परिसरभित्र करिब ३ सय परीक्षार्थी रहेका प्रत्यक्षदर्शीहरूले एएफपी समाचार समितिलाई बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अमार मोहम्मेद अमारले यस घटनामा ५० देखि ५५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी व्यक्ति घाइते भएका बताएका छन् ।
लाइटन अस्पतालका प्रवक्ता मोआमेर कादीले यस आक्रमणमा परेका कम्तीमा ४० व्यक्तिको शव प्राप्त भएको र अन्य ७० घाइते भने उपचारार्थ अस्पतालमा रहेका एएफपी समाचार समितिलाई बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी