वाशिङटन (अमेरिका), २२ पुस । अमेरिकाको व्यापार घाटा सन् २०१५ को पहिलो नौ महिनाको तुलनामा नोभेम्बरमा कमीआएको अमेरिकी वाणिज्य विभागले बुधबार जनाएको छ । नोभेम्बरमा आयात तथा निर्यात दुवैमा कमी देखिए पनि निर्यातको तुलनामा आयातमा कमी भएपछि व्यापार घाटा सकारात्मक देखिएको हो ।
अमेरिकी व्यापार सन्तुलनमा अन्य मुलुकसँगको स्थायी घाटामा क्रमशः कमी देखिएको र यो पाँच प्रतिशतमा झरी नोभेम्बरमा ४२.४ अर्ब अमेरिकी डलर पुगेको हो । विश्व अर्थ विश्लेषकले व्यापार घाटामा वृद्धि हुने बताउँदै आए पनि आश्चर्यजनक रुपमा कमी हुन आएको छ ।
त्यसैगरी अक्टुबरको व्यापार घाटा पहिले बताइएको ४३.४ अर्ब अमेरिकी डलरबाट ४४.६ अमेरिकी डलर पुगेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline